(१) दफा १४ को उपदफा (८) बमोजिम फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्न सकिने आदेशको जानकारी प्राप्त भएमा त्यस्तो जानकारी प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयले कूटनैतिक माध्यम मार्फत माग गर्ने राज्यलाई सोको जानकारी दिई तीस दिनभित्र त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सपुर्दगी गर्ने व्यवस्था मिलाउँदा मन्त्रालयले फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्ने स्थान, मिति र समय निर्धारण गरी सोको जानकारी माग गर्ने राज्यलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जानकारी गराइएको स्थान, मिति र समयमा फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्न नसकिने कुनै कारण भई सपुर्दगी गर्न नसकिने भएमा मन्त्रालयले तुरुन्त सपुर्दगी गर्ने अर्को मिति, समय र स्थान निर्धारण गरी माग गर्ने राज्यलाई जानकारी गराउनु पर्नेछ ।